पछिल्लो समयमा दर्शकहरुको साथ र माया पाईरहेका मोडल अर्जुन थापाको अभिनयमा नयाँ भिडियो सार्वजनिक भएको छ । यूवाहरुको ढुक ढुकि चचिैत गायक प्रमोद खरेलको आवाजमा रहेको ''चङ्गा सरि चुडियो जिवन'' बोलको गितमा युवा संगितकार डोलराज बारघरे मगरको मिठास पुर्ण संगीत ,रमेश परियारको उत्कृट शब्द रचना रहेको छ भने भिडियो ग्यालेक्सि म्यूजिक प्रा.लि को अफिसियल यूट्यूव मार्फत सार्वजनिक भएको हो । ग्यालेक्सि म्यूजिक प्रा.लि को प्रस्तुतिमा शम्भु लामाको उक्त गितको भिडियोमा ब्यस्त मोडल अर्जुन थापाको साथमा नव कलाकार सबिता मालबुले र प्रमोद खड्काको अभिनय रहेको भिडियोलाई आर बि टि ले निर्देशन गरेका हुन् भने सम्पादन अर्जुन थापाले गरेका हुन् । धेरै भिडियो होईन थोरै तर राम्रो गित र राम्रो टिम आय काम गर्न सहज हुने बताउछन्  मोडल अर्जुन थापा ।

Comments